Email : recentpublicnews@gmail.com

Breaking News

सेदीबगरदेखि साराङकोटसम्म केवलकार

मंसिर २९  :  पोखराको सेदीबगरदेखि साराङकोटसम्म केवलकार बन्ने भएको छ । प्याराग्लाईडिङ्का लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिएको साराङकोटमा आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरेर केबलकार निर्माण गर्न लागिएको हो ।

 

८० करोड रुपैयाँ स्वदेशी लगानीमा बन्न लागेको सो आयोजना पोखराको सेदीवगरदेखि साराङकोटसम्म २ दशमलव ३ किलोमिटरको हुनेछ ।

 

प्याराग्लाईडिङ लगायत पर्यटकीय गन्तव्यका दृष्टिकोणले निकै चर्चित सारङकोटमा पर्यटक लाई लक्षित गरेर केवलकार निर्माण गर्न लागिएको संचालक तिर्थराज त्रिपाठीले जानकारी दिनुभयो ।

 

आज निर्माण शिलान्यास गर्न लागिएको आयोजना २ बर्षपछि सञ्चालनमा आउने बताईएको छ ।



प्रतिक्रियाहरु