Email : recentpublicnews@gmail.com

Breaking News

धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुुरु (फाेटाेहरु)

मंसिर २७ : पूर्वमा साहसिक खेल पर्यटनको विकास तथा प्रर्वद्धन गर्ने लक्ष्यसहित धरानमा पनि प्याराग्लाइडिङको व्यावसायिक सुरुवात गरिएको छ।

ढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरान २४ स्थित रमिते डाँडाबाट सोमबारदेखि व्यावसायिकरुपमा प्याराग्लाइडिङको सुरुवात गरेको हो ।

प्रालिबाट पहिलो व्यावसायिक उडान सेपाक टेक्रो संघ सुनसरीका अध्यक्ष वीरेन्द्र बिक्रम लिम्बुले गरेका थिए। पहिलो व्यावसायिक उडान गरेवापत लिम्बुले प्रालिबाट उपहारसमेत पाएका थिए।

व्यावसायिक उडान अघि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले पाइलट देशवीर जिमीलाई ग्लाइडर हस्तान्तरण गरेर औपचारिक रुपमा प्रालिको उद्घाटन गरेका थिए।

‘विष्णुपादुका क्षेत्रको वडा २४, २५ र २६ लाई एउटै वडा बनाउने र यहाँका प्राकृतिक पर्यटकीयस्थल संरक्षण गर्ने योजनामा छौं।

 

दिगोरुपमा विकास र पर्यटन केन्द्र बनाउन सहकार्य गर्दै क्षमताअनुसार स्थानीयलाई सहयोग गछौं’, कार्यकारी अधिकृत कोइरालाले भने।



प्रतिक्रियाहरु