Email : recentpublicnews@gmail.com

Breaking News

प्रत्येक पटक नेपाल आउँदा म यहाँको माटो निधारमा लगाउँछु

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोली जिम्मेवारीका कारण अधिकांश समय विदेश भ्रमणमा हुन्छन्। त्यसमा पनि पारिवारिक व्यवसाय समेत छोराहरूले जिम्मेवारी लिएपछि उनी भ्रमण र पाटी कामका लागि फुक्का भएका छन्। त्यसमा पनि नेपाल आउने निमन्त्रणा पाउनासाथ उनी छाड्दैनन्। उनी यहाँका प्रायः सबै दलको महाधिवेशनमा आएका छन्। नेपाल परिवार दलको महाधिवेशनको सिलसिलामा आएका जोलीलेृ नागरिकका गुणराज लुइँटेल र सुबास घिमिरेसँग नेपाल–भारत सम्बन्धका वहुआयामिक पक्षबारे खुलेर वार्ता गरेका छन्।

यतिबेला नेपाल–भारत सम्बन्ध कहाँनेर उभिएको छ?

नेपाल र भारतबीचको सम्बन्ध दुई दाजुभाइजत्तिकै छ। मलाई ठूल्दाइ र सानो भाइ भन्ने गुणार्थमा मलाई विश्वास लाग्दैन। मैले हेर्दा यो गोलार्द्धमा यी दुई देश मुख्य प्रगतिशील देश हुन्। विकासको खोजीका सन्दर्भमा धेरै कुरा आपसी सहअस्तित्व, बुझाइ, सौहार्द्धता र एकअर्कालाई सहयोग आदिको भावनामा भर पर्छ।

विगतमा केही उतारचढाव भए र हामी बिस्तारै त्यसबाट निस्कने क्रममा छौँ। जारी द्वन्द्वबाट नेपाललाई निकास दिने सन्दर्भमा भारतको भूमिका के देख्नु हुन्छ?

नेपालको राजनीतिक प्रणालीलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने सन्दर्भमा भारतले जहिल्यै नेपाललाई सल्लाह दिने भनेको भाइचाराको हिसाबले हो। पछिल्ला केही समययता दुई देशबीच धेरै उतारचढाव भएको म स्वीकार्छु। नयाँ घोषणा गरिएको संविधानमा लामो समयदेखि वाचा गरिएका काम पूरा गर्न नेपाली राजनीतिक प्रणालीले नयाँ पाइला चाल्यो। प्रत्येक सार्वभौम मुलुक सञ्चालनका लागि बनाइएको संविधान बन्यो। यो एउटा फगत छलफल गर्ने दस्तावेज मात्र होइन। संविधानका कतिपय ठाउँमा यहाँ केही गलत बुझाइ र सन्देह रहे, जसलाई नेपाली राजनीतिले सम्बोधन गरोस् भन्ने सुझाव भारतका तर्फबाट नभएको होइन। नेपालमा पहिलो पटक भ्रमणका लागि आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले सौहार्दपूर्ण आम सहमतिमा संविधान बनाउनुपर्ने सन्देश थियो। नेपाली नेतृत्वले समुन्नत तथा शान्तिपूर्ण नेपाल निर्माणका लागि साझा सहमति जुटाओस् भन्ने आशा थियो। नेपाललाई समस्या पर्‍यो भने यसको पीडा भारतमा महसुस हुन्छ। हाम्रा नागरिकबीच सदियौं वर्ष पुरानो रोटी–बेटीको सम्बन्ध पनि छ।

मोदी सरकारले संविधानलाई अहिले कस्तो रुपमा हेर्छ?

यसबारे टिप्पणी गर्ने स्थानमा म छैन। भारतीय जनता पार्टीको एउटा सक्रिय कार्यकर्ताको रुपमा वा एउटा भारतीय नागरिकको हिसाबले मेरो धारणा के छ भने नेपाली समाजका कतिपय समुदायलाई अझै विश्वासमा लिनुपर्ने देख्छु। नयाँ संविधानका कारणले निम्तिएको गञ्जागोल कसैको पनि रुचिको विषय होइन। हामी सुरक्षित, शान्त र प्रगतिशील नेपाल हेर्न चाहन्छौँ। नेपालले रोजगारी सिर्जना गरोस्। नेपालको स्वास्थ्य सेवा राम्रो हुँदै गएको छ। नेपालले राजनीतिक सन्तुलनको अवस्था ल्याओस्। खासगरी पहाड र मधेसबीचको सन्तुलन नयाँ संविधानले ल्याओस् भन्ने चाहन्छौँ।

मलाई अर्को के पनि भन्न मन छ भने चाहे कोही पहाडी हुन् वा मधेसी, सबैभन्दा पहिले तिनीहरू नेपाली हुन्। हामी नेपाललाई सबैभन्दा नजिकको छिमेकी मान्छौं र नेपाल सधैँभरि भरपर्दो र दिगो सम्बन्ध भएको मित्र हो।

नेपालले हालै चीनसँग व्यापार तथा पारवहन सन्धि गर्‍यो। भारतीय मिडिया चाहिँ अलि बढी नै दिग्भ्रमित भएजस्तो देखियो। तिनले नेपाल चिनियाँ पोल्टामा पुगेको समेत भनेका छन्। यो घटनाक्रमलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ?

नेपाल–चीन सम्बन्धबारेमा भारत दिग्भ्रमित छैन। प्रत्येक सार्वभौम मुलुकले आफ्नो हितका लागि स्वतन्त्र रुपले काम गर्नैपर्छ। नेपालको हित जेमा छ, त्यो नेपालको राजनीतिक प्रणालीले हासिल गर्न सक्छ भन्ने पूर्ण विश्वास हामीमा छ। खासगरी नेपाल सरकारले आफ्ना जनताको हितका लागि सर्वोत्तम सोच्नु पनि पर्छ।

नेपालसँगको सम्बन्धको सन्दर्भमा भारतले आर्थिक नाकाबन्दी लगाएको गलत धारणा छ। भारत कहिल्यै पनि आफ्ना छिमेकीलाई नाकाबन्दी गर्ने कुरामा विश्वास गर्दैन, चाहे त्यो आर्थिक होस् या राजनीतिक। हाम्रा प्रधानमन्त्री मोदी नजिकका छिमेकका जनता–जनताबीचको सम्बन्ध बढोस् भन्ने चाहनुहुन्छ। उहाँले नयाँ दिल्लीमा भाजपाको सरकार बनेकै बेला यो घोषणा गर्नुभएको हो। अहिलेको भारत सरकार विविध मुद्दामा नेपालले आफ्नै राजनीतिक पार्टीहरूसँग मिलेर आफ्नै नागरिकका समस्या सुल्झओस् भन्ने चाहन्छ। केही तप्काका जनताले नयाँ संविधानमा आफ्ना मुद्दा नसमेटिएकामा चासो राखिरहेका छन्।

भारतीय जनता पार्टी र खासगरी राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) नेपाल धर्म निरपेक्ष भएकोमा खुसी छैन भन्ने हल्ला व्याप्त छ। आउँदो अक्टोबरमा नेपाललाई पुनः हिन्दू मुलुकका रुपमा पुनर्स्थापित गर्ने सन्दर्भमा व्यापक अभियान सुरु गरिँदैछ भन्ने समाचार पनि आएका छन्। राष्ट्रिय स्वयं सेवक संघले आफ्ना स्रोतहरु नेपालमा लगानी गरिरहेको अवस्था हो?

म तपाईंलाई सिधासिधा भन्छु, हामी नेपालभित्र धर्मान्तरणको पक्षमा छैनौँ।

म हिन्दू भएकोमा गर्व गर्छु। नेपालले हिन्दू मुलुकबाट धर्म निरपेक्ष गणतन्त्रका रुपमा शाब्दिक परिवर्तन गर्‍यो। यो निर्णय नेपाली जनता र राजनीतिक प्रणालीले गरेको हो। नेपाली जनताको यो निर्णयलाई आदेश दिएर उल्टाउने हामी को हौँ? तर यो पनि एउटा सत्य हो कि ८२Ü भन्दा बढी नेपालीको मूल हिन्दु नै हो। मलाई यहाँका नारीहरुले रातो सिन्दूर टाउकोमा लाएर हिँडेको देख्दा गर्व लाग्छ, जसले तिनको हिन्दू धर्मप्रतिको निष्ठा देखाउँछ। हिन्दूहरु कहिल्यै आतंकवादी रहेनन्। हिन्दूहरुले जहिले पनि समाजमा मिलेर बसे। यस हिसाबले जब नेपालको एउटा ठूलो समुदायले हिन्दू धर्मका विषयमा चासो व्यक्त गरिरहेका छन् भने भाजपा वा आरएसएस अथवा भारतीय सरकार कसैको पनि टोपी लगाइरहनु आवश्यक छैन। कसैले पनि संरक्षण गरिरहनु पर्दैन। पछिल्लो समयमा नेपाली हिन्दूहरुले व्यक्त गरिरहेको चासोले तिनीहरु संस्कृति, ऐतिहासिक मूल्य मान्यता रातारात परिवर्तन हुँदैन भन्ने स्पष्ट देखाएको छ। पहिलेकै जस्तो प्रतिष्ठा फर्काउने भन्ने कुरा त नेपाली जनताको हातमा छ। अहिलेको प्रणालीमा त्यस्तो प्रतिष्ठा फर्काउने कामका लागि जनताले सजगतापूर्वक काम गर्नुपर्ने हुन्छ।

नेपालको संविधानमा धर्म निरपेक्षता उल्लेख गरिँदा तपाईंको बेखुसी छरपष्ट भएको सुनिएको थियो नि?

व्यक्तिगत रुपमा भन्ने हो भने नेपाललाई हिन्दू राष्ट्रकै रुपमा राखिएको भए म अझ बढी खुसी हुने थिएँ। तर निर्णय भइसक्यो। यो जनताको मतादेशको कुरा हो। यसमा व्यक्तिगत खुसी/बेखुसी र इच्छाको कुरै रहँदैन।

नेपालमा एउटा सोच के छ भने भाजपा चाहिँ नेपालमा राजतन्त्र फर्कियोस् भन्ने चाहन्छ? यसमा कत्तिको सत्यता छ?

वर्तमान समयमा राजा/महाराजा भनेको विगतको वैभवजस्तो भइसक्यो। सन् २००८ मै नेपालका जनताले राजतन्त्र हटाउने निर्णय गरिसकेपछि यो प्रश्न आजको समयमा सान्दर्भिकै छैन। बहुसंख्यक प्रजातान्त्रिक प्रणालीमा जनताको इच्छाकै जित हुन्छ। जनताको मत लोकतन्त्रका लागि भइसक्यो।

केही वर्षअघि म नेपाल आएर ठूलो जनमतका अघिल्तिर आएर बोलेको थिएँ, त्यतिबेला त महत्वपूर्ण राजनीतिक नेताहरु जेलमा थिए वा नजरबन्द थिए। नेपालको प्रजातन्त्रको खोजीमा हामीले सहयोग गरेका थियौँ। भाजपा बहुसांस्कृतिक पार्टी हो। अन्य धार्मिक समूहलाई सँगै लिएर नहिँडी भारतमा कुनै पनि पार्टी शक्तिमा आउँदैन।

नेपालमा गरिएको आर्थिक नाकाबन्दीमा भारतीय पक्षबाट भूमिका रहेको कुरामा तपाईंको धारणा के छ?

भारतीय प्रधानमन्त्रीले नजिकका छिमेकीलाई प्राथमिकता दिने प्रतिबद्धताअनुरुप नेपाल र भुटानको सुरुमै भ्रमण गर्नुभएको हो। उहाँले नेपाल भ्रमणका बेला मनैदेखि खुला रुपमा आर्थिक सहयोगको प्रतिबद्धता पनि गर्नुभएको हो। एक अर्ब डलर सहुलियत ऋण (सफ्ट लोन)को घोषणा त्यसैअन्तर्गत गर्नुभएको हुँदै हो। भूकम्पपछिका दिनमा भारत सरकार विदेशी दातामध्ये सबैभन्दा ठूलो रह्यो। हामीले नेसनल ट्रमा सेन्टर पनि स्थापना गर्‍यौँ। हामीले नयाँ दिल्ली–काठमाडौँ बस सञ्चालनसमेत गर्‍यौँ।

कुरा कहाँनेर बिग्रियो भने तपाईंहरुले संविधान जारी गर्दै गर्दा तपाईंका आफ्नै मानिसले त्यसविरुद्ध उठे। नेपालले आफ्ना कमजोरी र भ्रमको दोष भारतलाई लगाउनु हुँदैन। आर्थिक नाकाबन्दीको सन्दर्भमा हाम्रो कुनै हात छैन। मधेसी पार्टी नेपालको राजनीतिको पाटो हुन् र तिनले संविधानमा आफू छुटेको महसुस गरे र आन्दोलित भए भने त्यसको जिम्मेवार हामी हौँ भनी आरोप लगाउन मिल्दैन।

भारतीय प्रधानमन्त्री मोदीप्रति नेपालले गरेको आशामा तुषारापात भयो नि?

प्रधानमन्त्री मोदीले भारतका छिमेकीसँग सामाजिक–आर्थिक सम्बन्धलाई अझ विस्तार गर्न चाहन्छन्। त्यसैका लागि त उहाँले दुई पटक नेपाल भ्रमण गर्नुभयो। उहाँले सबै सार्क मुलुकको भ्रमण गर्नुभयो। उहाँले नेपालबाट केही लिनुभएको छैन। तापनि नेपालमा भारतविरोधी भावना प्रवल छ। भारतविरोधी तत्वका लागि प्रधानमन्त्री मोदी र भारत सरकारको बढ्दो लोकप्रियतालाई रोक्नु थियो। मोदी र भारतलाई बदनाम गर्ने वृहद् षडयन्त्रको यो पाटो हो भन्ने लाग्छ।

म स्पष्ट रुपमा भन्छु नेपालको आन्तरिक मामिलामा भारतको कुनै भूमिका छैन। नेपालको आन्तरिक समस्या जहिल्यै पनि काठमाडौँमै छ, नयाँ दिल्लीमा छैन। भारतले नेपाललाई कहिल्यै पनि सानो साझेदार मानेको छैन बरु बराबरको भाइ ठानेको छ। नेपाललाई सहयोग गर्ने सन्दर्भमा हामी जहिल्यै उदार छौँ। नेपालले बरु आफ्नो सबैभन्दा उत्तम मित्र ठम्याउनु पर्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण कसरी र किन रद्द भयो? दुई सरकारबीचको सम्बन्धमा यस घटनाले के इंगित गर्छ?

एउटा भारतीय नागरिकको हिसाबले मैले यस सन्दर्भमा सकारात्मक भूमिका खेल्ने प्रयत्न गरिरहेको छु। प्रधानमन्त्री केपी ओलीसँग मेरो नजिकको सम्बन्ध छ र नेपालका अन्य नेताहरुसँग पनि। दुई मुलुक बीचको सम्बन्धमा चिसोपन कायम भएका बेला उपयुक्त उपाय अवलम्वन गरी विश्वासको वातावरण बनाउनु पर्छ। सफा र स्वतन्त्र किसिमको कुराकानी, छलफल र सहयात्राले दुवै पक्षको हितमा काम गर्नुपर्छ।

नेपालमा भारतीय प्रधानमन्त्रीको पुतला जलाइँदा म दिग्दार भएँ। गएका २४ महिनामा नेपालमा भारतविरोधी भावना कसरी ह्वात्तै बढ्यो? नेपाली जनताको आकांक्षा सम्बोधित गर्न मोदीले अतिरिक्त मिहिनेत गर्नुभएको छ। हामीले नेपालबाट त केही पनि लिएका होइनौँ।

प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्दा हामी धेरै खुसी भयौँ तर हाम्रा प्रधानमन्त्रीले त दुई पटक नेपालको भ्रमण गरिसक्नु भएको छ। यसले नेपालसँगको हाम्रो न्यानो र प्रेमपूर्ण भावना व्यक्त गर्छ। नेपालका प्रधानमन्त्रीले एक पटक मात्रै भ्रमण गर्नुभएको छ। हाम्रो असल नियत हुँदाहुँदै पनि नेपालका राष्ट्रपतिको भारत भ्रमण हुन सकेन। निर्णय त तपाईंहरुकै हो। हामी टिप्पणी गर्ने को हौँ र? तर नाकाबन्दी गरेको भन्दै भारतविरोधी भावनाले नेपालमा केन्द्रीय भूमिका निभाउँदा मलाई दुःख लाग्यो।

केही अतिवादीले नेपालको अक्ष्णुता बिगार्ने नियतले सक्रिय भएर लागिपरेका छन्। यस किसिमका गतिविधिलाई भारतले कसरी हेरिरहेको छ र यसको भारतमा कस्तो प्रभाव पर्ला?

हामी राजनीतिक र आर्थिक रुपमा सशक्त र स्थिर नेपालमा विश्वास गर्छौं। हामी नेपाल टुक्रियोस् भन्ने नै चाहँदैनौँ। नेपालमा कुनै पनि कुरा गलत भइदियो भने त्यसको पीडा भारतले अनुभूत गर्छ। भारतमा ६० लाखभन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनी काम गरिरहनु भएको छ। हाम्रो खुला सीमा छ। हामीलाई आउजाउ गर्न भिसा चाहिँदैन।

हाम्रो अटल विश्वास छ, नेपाल शान्तिपूर्ण रह्यो, नेपाल विकसित भयो, नेपालले राजनीतिक स्थायित्व पायो भने र नेपाली समाजले प्रजातन्त्र अनुभूत गर्‍यो भने एसियाका अन्य क्षेत्रमा पनि प्रजातन्त्रका लागि एउटा उदाहरण हुनेछ। भारतको रुचि नै शान्तिपूर्ण, प्रगतिशील र विकसित नेपाल हो।

हाम्रो खुला समाज छ। हामी सबै किसिमका विचारहरुको सम्पर्कमा हुन्छौँ, तिनलाई सुन्छौँ। हामी हाम्रा समर्थकलाई भेट्छौँ, हाम्रा विरोधीलाई पनि भेट्छौँ। धैर्यपूर्वक सुन्नु भनेको प्रजातान्त्रिक अभ्यासको सार हो भनी हाम्रो देशका संस्थापकहरुले सिकाएको कुरा हो। त्यसैले कहिलेकाहीँ विचार भिन्न भएका पार्टीका कुरा पनि सुन्छौँ।

काठमाडौँमा प्रबुद्ध व्यक्ति समूह (इपिजी)को पहिलो बैठक सम्पन्न भयो। दुई मुलुकबीचको सम्बन्ध पुनर्नवीकरण गर्ने कामको सुरुवात भएको हो?

दुवै देशका सरकारले प्रबुद्ध व्यक्तिहरू रहेको संस्था गठन गर्ने निर्णय गरेका छन्। भारतको पक्षमा ज्यादै अनुभवी पूर्व मुख्य मन्त्री भगतसिंह कोसियारी हुनुहुन्छ। उहाँहरुसँगै नेपालका लागि भारतका पूर्व राजदूत जयन्त प्रसाद पनि हुनुहुन्छ। अझै बढी अन्तरक्रिया र बुझाइले एकअर्काको अवस्था र गुह्य कुरा बु‰न मद्दत गर्छ। जसले प्रजातान्त्रिक निर्णय गर्न स



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु