Email : recentpublicnews@gmail.com

Breaking News

दोस्रो अभ्यास खेलमा नेपाल १ सय ९३ रनले रनले विजयी

रिसेन्टपब्लिकन्यूज 
माघ १७, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को तयारीका लागि बैदेशिक प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले युएई ‘ए’ टिमलाई १ सय ९३ रनले हरायो । युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय ३३ रन बनाएको थियो ।
 
नेपालका लागि ज्ञानेन्द्र मल्लले उत्कृष्ट व्याटिङ गर्दै १ सय ५४ रनको पारी खेले । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालका ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटका लागि १ सय ४२ रनको साझेदारी खेले । दिपिल ६४ रनमा आउट हुँदा अनिलकुमार शाहले १४ रन जोडका थिए ।
 
दिपेन्द्रसिंह ऐरी ३४ रन बनाउँदा आशिफ शेखले ४१ रनको योगदान दिए । जवाफी ब्याटिङमा उत्रेको युएई ‘ए’ टिम ४० ओभर २ बलमा १ सय ४० रनमा अलआउट भयो । नेपालका लागि सन्दिप लामीछानेले पाँच विकेट लिए । युएई ‘ए’ लागि मोहम्मद कसिमले सर्वाधिक ४१ रन बनाउनु बाहेक अन्यले राम्रो रन बनाउन सकेनन् । 



प्रतिक्रियाहरु