Email : recentpublicnews@gmail.com

Breaking News

आर्मी र पश्चिमाञ्चल फाइनलमा

रिसेन्टपब्लिकन्यूज
पुस २१, लेखनाथ । राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा पुरुषतर्फ आर्मी र पश्चिमाञ्चल फाइनलमा भिड्ने भएका छन् । १८ औं पुरुष राष्ट्रिय ह्यान्डबलको सेमिफाइनलमा शुक्रबार आर्मीले एपीएफ र पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
 
पोखरा रंगशालामा शुक्रबार पहिलो सेमिफाइनलमा विभागीय टोली आर्मीले एपीएफलाई २३–२२ गोलको झिनो अन्तरले हरायो। प्रतिस्पर्धात्मक खेलमा आर्मीका विकास राई म्यान अफ द म्याच घोषित भए। अर्को खेलमा घरेलु टिम पश्चिमाञ्चलले मध्यपश्चिमलाई ३७–१७ ले हरायो। खेलमा पश्चिमाञ्चलका प्रेम गुरुङ म्यान अफ द म्याच भए।
 
नवौं महिला राष्ट्रिय ह्यान्डबलमा विभागीय टोलीद्वय एपीएफ र आर्मी फाइनल पुगेका छन्। शुक्रबारै सेमिफाइनलमा एपीएफले पूर्वाञ्चललाई ३२–५ ले पराजित गर्‍यो। एपीएफको जितमा उमा राईले १२ गोल गरिन्। उनी वुमन अफ द म्याच घोषित भइन्। दोस्रो सेमिफाइनलमा घरेलु टिम पश्चिमाञ्चलले आर्मीसँग ३८–६ ले पराजय बेहोर्‍यो। आर्मीकी शान्तिकला राई एक्लैले २१ गोल गरिन्। उनी वुमन अफ द म्याच भइन्। दुवैको फाइनल शनिबार पोखरा रंगशालामा हुनेछ।



प्रतिक्रियाहरु