Email : recentpublicnews@gmail.com

Breaking News

चितवनमा पिकअप भ्यान दुर्घटना : १७ जना घाइते

कार्तिक २  :  चितवनको दारेचोक गाबिसमा पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

 

पुथ्वीराजमार्ग अन्र्तगतको दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ आउँदै गरेको ग २ च ३८१५ नम्बरको बोलेरो पिकअप गएराति साढे ९ बजे दारेचोक-२ चयबुनमा २० मिटर तल खोल्सोमा खसेको चितवन प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएका गोरखा तापलुङ्ग ३ बस्ने ७३ का भक्तबहादुर थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । दुर्घटनामा परेको गाडी कुखुरा ओसार पसार गर्ने प्रयोजनको रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रियाहरु