Email : recentpublicnews@gmail.com

Breaking News

दार्चुला सदरमुकाम खलंगा महाकाली नदीको बाढीको जोखिममा

आश्विन १८ : महाकाली नदी पारी पहिरो खस्दा दार्चुला सदरमुकाममा बाढीको जोखिम बढेको छ ।

 

दार्चुला सदरमुकामको बङ्गाबगड पारी भारतको पिथौरागढ जिल्ला धारचुलाको खोतिला गाँउ नजिकै पहिरो खसेर महाकाली नदीको धार नेपाल फर्किदा स्थानीयमा बाढीको त्रास बढेको हो ।

 

बिहान खसेको पहिरो अझै नरोकिएकाले दार्चुला सदरमुकाम र भारतको सिमावर्ती धारचुला बजारमा खतरा हुन सक्ने हाम्रा सहकर्मीले जनाएका छन् ।

 

झरी नरोकिएको र माथिबाट माटो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको स्थानीयको भनाई छ ।

 

पहिरो खसेको वारिपट्टी महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरिरहेको तटबन्धको जग समेत नहालेकाले पहिरो खसे नदीको पानी बङ्गाबगड पस्ने त्रास बढेको स्थानीयले बताएका छन् ।



प्रतिक्रियाहरु