Email : recentpublicnews@gmail.com

Breaking News

फागुनको तेश्रो हप्ताभित्रै वामपन्थी सरकार बन्छ ः एमाले नेता खनाल

रिसेन्टपब्लिकन्यूज
माघ १, लमजुङ । पूर्वप्रधानमन्त्री एवम् एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले फागुनको तेश्रो हप्ताभित्रै नयाँ सरकार बन्ने बताएका छन् ।
लमजुङ सदरमुकाम बेसीशहरमा घले समाजले राष्ट्रिय रुपमै आयोजना गरेको ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश दिँदै खनालले संवैधानिक व्यवस्थाकै कारण सरकार निर्माणमा ढिलाई भएको उल्लेख गरे । संवैधानिक व्यवस्थाकै कारण नयाँ सरकार निर्माणमा ढिलाई भएको हो, फागुनको दोस्रो या तेस्रो हप्ताभित्रै मुलुकमा नयाँ सरकार बन्छ, बिल्कुलै वामपन्थी सरकार बन्छ, देश समृद्धिको बाटोमा अघि बढ्छ’ उनले भने । 
अर्को एक प्रसंगमा नेता खनालले माओवादी र एमाले बीचको पार्टी एकीकरण पनि छिट्टै हुने बताउँदै त्यसमा शंका नगर्न सबैमा आग्रह समेत गरेका छन् ।



प्रतिक्रियाहरु