Email : recentpublicnews@gmail.com

Breaking News

साहित्यकार झमक घिमिरे लाइ बिद्याबरिधि

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले साहित्यकार झमककुमारी घिमिरेलाई आज मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको गत जेठ २५ गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

 

 

हात, खुट्टा नचल्ने, सिधा बस्न नसक्ने र पीडादायी बाल्यकालबाट हुर्केकी घिमिरे विसं २०३७ असार २१ गते धनकुटामा जन्मेकी हुन् । घिमिरे साहित्य यात्रामा लागेको दुई दशक भएको छ ।

 

सो अवधिमा उनका कविता, निबन्धसङ्ग्रह लगायत १३ कृति प्रकाशन भइसकेको छ । निबन्धात्मक कृति ‘जीवन काँडा कि फूल’ कृतिबाट उनले मदन पुरस्कार समेत प्राप्त गरिसकेकी छन्।

 

सो अवसरमा साहित्यकार घिमिरेको लिखित भावना पढिएको थियो । “एक कक्षाको प्रमाणपत्र पनि मसँग छैन, मैले ढुङ्गा पढेँ, माटो पढेँ, सम्पूर्ण नेपालीको मन पढेँ, खुला आकाश र पृथ्वी पढ्ने मान्छेले पनि राष्ट्रका लागि केही गरेको रैछु”, मन्तव्यमा भनिएको थियो ।



प्रतिक्रियाहरु