Email : recentpublicnews@gmail.com

Breaking News

गजल – आमाको आँखामा आँसु :: लेखक : नवराज बुढा "नवीन उदासी"

गजल – आमाको आँखामा आँसु

 

आमाको आँखामा आँसु, झारिन्छन कतिञ्जेल ?

बिदेशमा नेपालीहरू सधै, मारिन्छन कतिञ्जेल ?

 

पलायन रोकिएन स्वदेशमै रोजगारी भएन भने,

दलालीबाट अँझै अलपत्र, पारिन्छन कतिञ्जेल ?

 

पैसाको मुठा हुन्छ भनी, राम्रो कमाई हुन्छ भनी,

चेलिबेटिलाई समुद्रापारी, तारिन्छन कतिञ्जेल ?

 

गाउँघर सबै शुन्य बनाई युवा जति मुग्लान तिर, 

विवशतावले युवाशक्तिहरू, सारिन्छन कतिञ्जेल?

 

बिना कामका पार्टी नेताहरू सोचिएन भने बेलैमा,

विकासको बाटोमा अँझैपछि, हारिन्छन कतिञ्जेल ?



प्रतिक्रियाहरु