Email : recentpublicnews@gmail.com

Breaking News

प्रधानमन्त्री ओलीसँग भारतीय र बेलायती राजदूतको भेट

रिसेन्टपब्लिकन्यूज
फागुन १७, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भारत र बेलायतका राजदूतले छुट्टाछुट्टै भेट गरेका छन् । भारतीय राजदूत मन्जिभसिंह पुरी ओलीलाई होलीको शुभकामना दिन बिहीबार बिहानै पत्नीसहित बालुवाटार पुगेका थिए ।
 
सरकार विस्तारसम्बन्धी बैठकमा ब्यस्त रहेका ओलीलाई कुरेर राजदूत दम्पतीले शुभकामना दिएका थिए । ओलीले पनि उनलाई टीका लगाइदिएका थिए ।
 
भेटमा नेपालको राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । सरकार विस्तार, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल चलिरहेका बेला भारतीय राजदूत बालुवाटार पुग्नुलाई केहीले अर्थपूर्ण रुपमा हेरेका छन् । यसअघि पुरी ओलीको शपथलगत्तै शुभकामना दिन बालकोट पुगेका थिए ।
 
बेलायती राजदूत रिचर्ड मोरिस पनि बेलायती प्रधानमन्त्री टेरेजा मेको बधाई तथा शुभकामना लिएर बालुवाटार पुगेका थिए । उनले आफ्ना प्रधानमन्त्रीको बधाई सन्देश हस्तान्तरण गर्दै नेपाल अब विकासको बाटोमा अघि बढ्ने बताएका थिए । मोरिसले लोकतन्त्र र विकासका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएको ओलीका प्रेस सहयोगी चेतन अधिकारीले कान्तिपुरलाई बताए ।
 
त्यसअवसरमा दण्डहीनता अन्त्यका लागि भएका प्रयास र संक्रमणकालीन न्यायका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपालका लागि संघीयता नौलो विषय भएकाले यसको कार्यावन्यन र संरचना निर्माणका लागि बेलायतले सघाउन चाहेको पनि पनि अधिकारीले बताए ।



प्रतिक्रियाहरु