Email : recentpublicnews@gmail.com

Breaking News

डोनाल्ड ट्रम्पले आज कार्यभार सम्हाल्दै

माघ ७ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज कार्यभार सम्हाल्दै हुनुहुन्छ । अमेरिकी सर्बोच्च अदालतका प्रधानन्यायधिसबाट सपथ लिएपछि ट्रम्पले ह्वाइटहाउस पुगेर कार्यभार सम्हाल्नुहुनेछ ।

 

गत नोभेम्वरमा भएको निर्वाचनमा उहाँले प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो । सपथ कार्यक्रममा हिलारी समेत सहभागी हुनुहुनेछ ।

 

७१ बर्षिय ट्रम्प अमेरिकाको सबैभन्दा पाको उमेरको राष्ट्रपति बन्नुभएको छ । कार्यभारसंगै उहाँले केहि विवादास्पद नीति सार्वजनिक गर्ने संभावना रहेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् ।

 

आप्रवासीप्रति अनुदार मानिने ट्रम्प चीनको आलोचक हुनुहुन्छ । अमेरिकाको परराष्ट्रनीतिले संसार भर नै प्रभाव पर्ने भएकाले ट्रम्पको कार्यकाललाई धेरैले चासोका साथ हेरेका छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु