Email : recentpublicnews@gmail.com

Breaking News

इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)ले सन् २०१७ को पहिलो त्रैमासिक नतिजा अनुसार टप चार स्मार्टफोन ब्रान्ड

वैशाख १८ : इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)ले सन् २०१७ को पहिलो त्रैमासका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ ।

 

उक्त प्रकाशित प्रतिवेदनअनुसार ओप्पोले विश्व स्मार्टफोनको बजारमा चौथो स्थानमा उक्लिएको छ । ओप्पो २५.६ मिलियन बिक्री परिमाणकासाथ चौथो स्थानमा रहेको हो । ओप्पोको वार्षिक बृद्धिदर २९.८ प्रतिशत छ । यो क्रममा ओप्पोको मार्केट सेयर ७.४ प्रतिशत छ ।

 

आईडीसीका अनुसार तेस्रो स्थानमा चिनियाँ ब्रान्ड हुवावे छ । हुवावेको यो अवधिमा बिक्री परिमाण ३४.२ मिलियन रहेको छ । तेस्रो स्थानमा रहेको हुवावेको मार्केट सेयर ९.८ प्रतिशत छ ।

 

त्यस्तै दोस्रो स्थानमा एप्पल छ । एप्पलको पहिलो त्रैमासिकमा बिक्री परिमाण ५१.६ मिलियन रहेको छ । एप्पलको मार्केट सेयर १४.९ प्रतिशत रहेको आईडीसीले जनाएको छ ।

 

आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा सदा झै सामसुङ पहिलो स्थानमा छ । २२.८ प्रतिशत मार्केट सेयरका साथ पहिलो स्थानमा रहेको सामसुङको पहिलो त्रैमासिकमा ७९.२ मिलियन बिक्री परिमाण रहेको छ ।



प्रतिक्रियाहरु