Email : recentpublicnews@gmail.com

Breaking News

डा.केसी पक्राउ

रिसेन्टपब्लिकन्यूज
पुस २४, काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंँबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरेर एम्बुलेन्समा हालेर सिंहदरबार प्रहरी वृत्तमा पर्‍याएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा.गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
 
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो।
 
प्रहरी उच्च स्रोतका अनुसार केसीलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। स्रोतले भन्यो, ुहामीले पक्राउ गरेका छौं। उहाँलाई सिंहदरबारमा राखिएको छ। सम्मानित अदालतको आदेश अनुसार भोलि सर्वोच्चमा उपस्थित गराइने छ।ु सिंहदरबार वृत्तमा कसैलाई प्रवेश दिइएको छैन । उनलाई उच्च सुरक्षाका साथ लगिएको छ ।



प्रतिक्रियाहरु