Email : recentpublicnews@gmail.com

Breaking News

बिरामीको नाटक गर्दै अस्पताल भर्ना

रिसेन्टपब्लिकन्यूज 
पुस २२, भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बबन्डर मच्चाएकै कारण अस्पतालबाट बाहिरिएकी स्टाफ नर्स त्रजिना जति बिरामीको नाटक गर्दै पाँच दिनदेखि केन्द्रमा भर्ना भएकी छन् । मृर्गौला पीडितलाई डाइलसिसको लागि बेड नपुगिरहेको अवस्थामा त्रजिनालगायत तीनजना नर्सले आफूहरु बिरामी परेको नाटक गर्दै जबरजस्ती बेडमा सुत्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रको प्रशासन, चिकित्सक, कर्मचारीलाई धम्क्याउँदै उनीहरु डाइलसिस गर्ने बेडमा सुतिरहेका छन् । चिकित्सकले उनीहरुको शरीरमा केही खराबी नदेखिएको भन्दै डिस्चार्ज लेटर दिँदा पनि जबरजस्ती बेडमा लडिरहेको स्रोतले जनाएको छ । 
 
 घरी स्वास्थ्यमन्त्रीलाई खुला पत्र लेख्ने र घरी विभिन्न राजनीतिक दलसँग आबद्ध मजदुर संगठनलाई गुहार्न पुग्ने त्रजिता केन्द्रको शैयामा पल्टिएर नाटक गरी रहेकी छन् । हिजोआज ‘फलानो–डिसानो’लाई खुलापत्र भन्दै लेख्ने फेशन नै चलेको छ । कतिपयले लेखेका खुलापत्र मार्मिक, मार्गदशक र संवेदनशिल समस्यामाथि उजागर र समाधानका बाटा पनि खोजिएका हुन्छन् । धेरैजसोका भने आफ्ना गल्ती र कमीकमजोरी ढाकछोप गरी आफुलाई समाजमा उत्कृष्ट देखाउन रचिएका कथा पनि हुन्छन । प्रसंग हो–मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ५ वर्षसम्म काम करारमा काम गरेपछि ‘टर्मिनेट’ भएकी नर्स त्रजिना जतीको । उनलाई अस्पताल प्रशासनले चिक्तबुझ्दो काम नगरेको कारण गत साउन ४ मा निकालेको थियो । उनै नर्स त्रजिनाले संचारमाध्यम मार्फत  स्वास्थ्यमन्त्रीलाई दुईपल्ट खुलापत्र लेखिन् । तर, उनले लेखेको खुलापत्र केही समय वित्न नपाउंदै झुटो भएको उनीबाट पीडितहरुले बताएका छन् । जसका कारण उनी अस्पतालबाट टर्मिनेट भएकी थिइन, सो कुरा अहिलेसम्म बाहिर आएको छैन । अस्पताल प्रशासनले उनको करियरमा धक्का नलागोस् भन्नका लागि मात्र ‘करार नविकरण’ नगरेको पत्र थमाएको थियो । उनीसंगै अर्की एक नर्सलाई पनि टर्मिनेट गरिएको थियो । दुवैलाई टर्मिनेट गर्नुको प्रमुख कारण चाहिं नर्सको पेशा, मर्यादा विपरित हात हालाहाल गरी झगडा गरेको रहेको छ । उक्त घटना भक्तपुर प्रहरीसम्म पुगेको थियो । ‘जुनियन नर्स, सहकर्मी, प्रशासन, बिरामी र कुरुवालाई समेत धम्की दिने गरेको स्रोतले उल्लेख गरेको छ ।  तर, सस्तो लोकप्रियताका लागि भाद्र ४ गतेदेखि त्रजिना अस्पतालमा देखिएका कमीकमजोरी सुधार गर्न र सवैको हकहितका लागि आफु लडेको भन्दै समूह खडा पारेर आन्दोलनमा उत्रिएकी छन् । मौकामा चौका हान्ने समूहले उनलाई साथ दिन थालेको छ । तर, त्रजिनाले आफुले सबैको हकहितका लागि आन्दोलनमा उत्रिएको बताइरहेकी छिन् । उनले पेशा र मर्यादा विपरित कुनै पनि गलत काम नगरेको दावी गरिरहेकी छन्। पछिल्लो समय केहीसीप नलागेपछि उनी बिरामीको नाटक गरी केन्द्रमा भर्ना भएको विशेष स्रोतबाट जानकारी आएको छ ।
 
त्रजिनाको वास्तविकताः
 
कृति श्रेष्ठ र त्रजिना बीच हात हालाहाल भएको थियो। त्यो काण्ड प्रहरीसम्मै पुग्यो । घटनालाई प्रत्यक्ष देख्ने एक नर्सलाई समेत प्रहरीकोमा त्रजिना विरुद्ध बोलेको भन्दै मार्ने, काट्ने र भक्तपुरबाट खेद्ने  धम्की दिइन् । स्रोतका अनुसार उनले नर्सिङ निर्देशकलाई समेत बारम्बार दुव्र्यवहार गरिन् । ‘काट्छु, मार्छु, अपहरण गर्छु र तेरो गाडी दुर्घटना गराईदिन्छु’ भन्दै अपशब्दले गालीगलौज गरिन् । डाईलसिस इन्चार्ज सुष्मा केसीलाई त उनले मुखमै थुक्न भ्याइन् । यही काण्ड नै काफी छ कि उनको चरित्र कस्तो छ भन्न । उनले राति डिउटीमा खटाएको भन्दै मुखमा थुकेकी थिइन् । डिउटीमा खटाउनु ईन्चार्जको कर्तव्य नै हो । प्रशासनका शाखा अधिकृत हरिहर पोख्रेललाई उनले ‘यो कुर्सीमा तं बस्न सुहांदैन भन्दै गालीगलौज गरिन् । ओपिडी ईन्चार्ज प्रतिक्षा खड्कालाई उनले जहिले त्यो पदमा बस्न योग्यता नभएको भन्दै थर्काइरहिन् । उनले मैले बढी पढेकी छु, बरु मैं ईन्चार्ज हुनसक्छु भन्दै उनको लगातार घृणा गरिन् । यस्तै घटना बारम्बार हुने तथा बाहिरबाट गुण्डा ल्याएर प्रशासन र अस्पतालका कर्मचारीलाई धम्क्याउने क्रम नरोकिएपछि छानविन समिति गठन भयो । त्यसपछि विवादले झन उग्ररुप लियो । प्रहरीकै सामुन्ने अस्पतालका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठलाई मन परी भनेर हातहाल्न गएपछि उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । सो घटनापछि डा.श्रेष्ठले विज्ञप्ति नै निकालेका थिए ।
 
 यि त भए त्रजिना र अस्पतालका कर्मचारीबीच घटेका केही प्रतिनिधि घटना मात्र । उनले एकतर्फी रुपमा विभिन्न सञ्चारमाध्याममा पुगेर बनावटी खबर सम्प्रेषण गरेपछि उनीबाट पीडितहरु थप पीडित र दुःखित भएका छन् । तर, यि संवेदनशिल घटनाका बाबजुद उनको काम गराई चित्तबुझ्दो नभएको भन्दै करारमा काम गरिरहेकी छन् । तर, उनले भने स्थायी कर्मचारी रहे झैं विना कारण अस्पताल प्रशासनले निकालेको भन्दै आफु राम्री बन्ने प्रयासमा छिन् । खुलापत्रमा ‘अस्पताल प्रशासनको मनपरी शैलीविरूद्ध विमति राखेका कारण निकालिएको उनको दावी सहि नभएको उनीबाट पीडित कर्मचारी, जुनियर नर्स र उनी भन्दामाथि काम गर्ने सिनियरको जिकिर छ । 



प्रतिक्रियाहरु