Email : recentpublicnews@gmail.com

Breaking News

पद्मावतीको नाम परिवर्तन गर्न भारतीय सेन्सर बोर्डको सुझाव

एजेन्सी 
पुस १५, नयाँ दिल्ली । भारतीय सेन्सर बोर्डले विवादित चलचित्र पद्मावतीलाई यूए सर्टिफिकेट दिंदै नाम परिवर्तनको लागि आग्रह गरेको छ । बोर्डले पद्मावतीको सट्टा पद्मावत नाम राख्न सुझाएको हो । 
 
 
 
बोर्डले चलचित्रको केही दृश्य परिवर्तन गर्न पनि भनेको छ ।
 
सन्जय लिला भन्साली निर्मित फिल्ममा दीपिका पादुकोण, साहिद कपुर र रनवीर सिंहको मुख्य भूमिका छ । फिल्म १६ औं शताब्दीको एक कविता पद्मावतमा आधारित छ । मलिक मोहम्मद जयसीले उक्त कविता लेखेका हुन् ।
 
फिल्मले राजपुर इतिहास बंग्याएको भन्दै भारतीय राजपूतहरुले फिल्मको विरोध गर्दै आएका थिए ।



प्रतिक्रियाहरु