Email : recentpublicnews@gmail.com

Breaking News

निजी विद्यालय बन्द हुने

रिसेन्टपब्लिकन्यूज 
पुस २३, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए । प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
 
यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।
 
उनी मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा ९भिएस० निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट समानुपातिक सभासद् थिए ।रिसेन्टपब्लिकन्यूज 
पुस २३, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए । प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
 
यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।
 
उनी मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा ९भिएस० निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट समानुपातिक सभासद् थिए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु