Email : recentpublicnews@gmail.com

Breaking News

फेरि बढ्यो इन्धनको मूल्य

रिसेन्टपब्लिकन्यूज
माघ ३, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुईरदुई रुपैयाँ बढाएको हो ।
 
‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको छ,’ कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘भारतीय आयल निगम (आइओसी)ले पठाएको मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएका छौं ।’
 
यो मूल्यअनुसार पेट्रोलको खरिदबिक्री मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल ८१ र मटितेल ८१ रुपैयाँ पर्छ । यसअघि प्रतिलिटर पेट्रोल १०१, डिजेल ७९ र मटितेल ७९ रुपैयाँ थियो ।
 
मूल्य समायोजनपश्चात् डिजेलमा पाक्षिक घाटा २४ करोड ३९ लाख रुपैयाँ भएको निगमले जनाएको छ । भट्टराईका अनुसार मूल्य अस्वाभाविक रुपमा बढेकाले भारतमा दैनिक २०र२५ पैसा समायोजन हुन्छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत राखेको छ । हाल एलपी ग्यास प्रतिसिलिन्डर मूल्य १३ सय ७५ रुपैयाँ छ । प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ ३० पैसा नोक्सान छ । ग्यासबाट मात्रै २३ करोड ३३ लाख रुपैयाँ घाटा भएको जनाएको छ ।
 
ग्यासको मूल्य बढाउँददा सर्वसाधरणलाई प्रत्यक्ष मर्का पर्ने भएकाले मूल्य स्थिरिकरण कोषबाट समायोजन गर्नुपर्ने उनले बताए । यसका लागि आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको निगमले जनाएको छ ।

प्रतिक्रियाहरु