Email : recentpublicnews@gmail.com

Breaking News

हरेक नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ पर्ने

कार्तिक १   :   राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ ।

 

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३ मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् ।

 

केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ ।

 

यो तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिएको अाजको राजधानी दैनिकमा खबर छ ।



प्रतिक्रियाहरु