Email : recentpublicnews@gmail.com

Breaking News

आगामी दसैंभित्र उपत्यकामा मेलम्चीको पानी आउने

आश्विन २९ : मेलम्ची खानेपानी आयोजनाले अब ७ किलोमिटर मात्रै सुरुङ खन्ने काम बाँकी रहेको जनाएको छ ।

 

आयोजनाका अनुसार मुख्य सुरुङको २१ मध्ये १४ किमि सुरुङ खन्ने काम पूरा भइसकेको छ । सुरुङ खन्ने काम तीव्र गतिमा

अघि बढेको उल्लेख गर्दै आयोजनाले अर्काे दसैंमा मेलम्चीको पानी उपत्यकामा आइसक्ने जनाएको छ ।

उपत्यकामा ८० हजारमध्ये ३४ हजार धारा जडान गरिसकिएको आयोजनाले जनाएको छ । मेलम्चीबाट आउने दैनिक १७

करोड लिटर पानी उपत्यकाका ३५ लाखभन्दा बढी जनतालाई वितरण गरिनेछ ।

 

हाल उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले १२

करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ ।



प्रतिक्रियाहरु