Email : recentpublicnews@gmail.com

Breaking News

आज विजयादशमी, टीकाको उत्तम साइत ८:४५ बजे

आश्विन २५  :  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

 

नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको आज टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।

 

तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन ।दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ।

 

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

 

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ। रासस



प्रतिक्रियाहरु