Email : recentpublicnews@gmail.com

Breaking News

आज महानवमी पर्व, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

आश्विन २४  :   नवरात्रको अन्तिम आज शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा गरी महानवमी पर्व मनाइदैछ ।

 

दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राागाको बलिसहित दुर्गा

भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।  

 

सिद्धिदात्रीको पूजा आराधना गर्नाले इच्छाअनुसारको फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

 

आजैका दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि गरिनुका साथै दुई वर्षदेखि दस वर्षसम्मका कन्याहरूको पूजाआजा समेत गरिन्छ ।

 

आज कोतहरूमा हर्षबढाइँका साथै कोतपूजा र निशान पूजा पनि गर्ने प्रचलन रहेको छ ।

 

काठमाडौं उपत्यकाका दक्षिणकाली, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बज्रवाराही, रक्तकाली, संकटा,

बंगलामुखीलगायत शक्तिपीठहरुमा पूजाआराधना गर्नेहरुको बिहानैदेखि घुईंचो लागेको छ ।

 

यसैगरी उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा,

गोरखाका गोरखकाली र मनकामना, सप्तरीको छिन्नामस्ता, चितवनको मौलाकालिका, धादिङको त्रिपूरासुन्दरी, र

नेपालगञ्जको बागेश्वरीलगायतका मन्दिर तथा शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लागेको छ ।



प्रतिक्रियाहरु