Email : recentpublicnews@gmail.com

Breaking News

आज बडादशैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याई मनाइदै

आश्विन २२ : बडादशैं अन्तर्गतको सातौ दिन आज हिन्दु धर्मावलम्बीहरुले परम्परा अनुसार आज आ–आफ्नो घरमा फूलपाती भित्र्याउँदै छन् ।

 

घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैघर अथवा पूजाकोठामा शुभसाइतको प्रतिकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ।

 

नौ पातमा क्रमश: ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई पूजा गरिन्छ ।



प्रतिक्रियाहरु