Email : recentpublicnews@gmail.com

Breaking News

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

रिसेन्टपब्लिकन्यूज
फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर उनले केहीबेर अघि पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवासमा शपथग्रहण लगत्तै लैनचौरस्थित सहिद उद्यानमा पुगी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।त्यसपछि उनी पदभार ग्रहणको लागि सिंहदरबार पुगेका हुन्।
पदभार ग्रहण गर्दै उनले आफ्नो ध्यान मुलुकको विकास र समृद्धिमा केन्द्रित रहने बताए।



प्रतिक्रियाहरु