Email : recentpublicnews@gmail.com

Breaking News

प्रदेश १ मा पाँच सदस्यीय मन्त्रिमण्डल

रिसेन्टपब्लिकन्यूज 
फागुन ३, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम चार जना मन्त्री नियुक्त गरेका छन्। 
 
मुख्यमन्त्री राईले हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुन, इन्द्रबहादुर आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना, जीवन घिमिरेलाई सामाजिक विकास र जगदीश कुशियैतलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री राईले भौतिक तथा पूर्वाधार, भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन्।
 
नवनियुक्त मन्त्रीको सपथ 
 
मुख्यमन्त्री राईको सपथ ग्रहण लगत्तै प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराए। 
 
सो अवसरमा प्रदेश नम्बर १ का प्रमुख सचिव यादवराज कोइराला लगायत उच्चपदस्थ कर्मचारी, वरिष्ठ सुरक्षा अधिकारी, प्रदेशसभा सदस्यलगायत सर्वसाधारणको उपस्थिति थियो। 



प्रतिक्रियाहरु