Email : recentpublicnews@gmail.com

Breaking News

कुकुरकै कारण यसरी भयो बिहे रद्द

केटा वा केटीले एक अर्कालाई मन नपराएका कारण बिहेका प्रस्ताव अस्विकार हुने गरेको त सुनिएकै थियो । तर कहिलेकाहीँ मान्छे मन पर्दापर्दै पनि कुकुर मन नपरेका कारण समेत बिहे नहुन सक्दो रहेछ ।

 

भारतको बैंगलोरमा भएको छ यस्तै । त्यहाँकी एक युवतीले आफ्नो कुकुर मन नपराएको भन्दै एक युवकसँगको बिहेको प्रस्ताव अस्विकार गरेकी छिन् ।

 

करिश्मा वालिया नामकी ती युवतीले आफुले कुकुरकै कारण बिहे प्रस्ताव अस्विकार गरेकी भनिएका एक युवकसँग व्हाट्सएपमा भएको कुराकानी मंगलबार फेसबुकमा पोष्ट गरेकी छिन् । 

जिवनको कुनै उमेरमा कुकुर मन पर्ने तर त्यस्तो मन पराइ अस्थायी कुरा रहेको भन्दै उसले कुकुरको साथ छाड्न करिश्मालाई भन्यो । त्थापि करिश्माले कुकुरको साथ छाड्न मानिनन् ।

 

त्यसपछि उक्त युवकले मेसेजकै क्रममा झोक्किँदै लेख्यो त्यसोभए कुकुरसँगै बिहेे गर । युवकको त्यस्तो व्यवहार देखेपछि करिश्माले पनि आफ्नो प्यारो कुकुरलाई छाडेर त्यो हठी युवकसँग बिहे नगर्ने फैसला गरेकी छिन् ।



प्रतिक्रियाहरु