Email : recentpublicnews@gmail.com

Breaking News

साउदीमा ६२ कामदार अलपत्र प्रकरमा म्यानपावरमाथि कारबाही गर्न विभागलाई निर्देशन

 

कार्तिक १२ : श्रम तथा रोजगार मन्त्रायलले साउदी अरवमा ६२ जना कामदारलाई अलपत्र पार्ने न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

 

तीन महिना अघि साउदीको जुबेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा पुगेका ६२ जना नेपाली कामदारले काम र तलब नपाएर अलपत्र परेको जानकारी नेपाली दुताबासले श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको थियो ।

 

मन्त्रालयले म्यानपावरलाई कारबाही गरी आफुलाई जानकारी दिन बिभागलाई निर्देशन दिएको एक अधिकारीले बताए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु